तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा भत्काईयो ७ सय छाउगोठ

जुम्ला । महिनावारी हुँदा छुटै् गोठमा राख्ने चलन अन्त्य गर्न गृहको निर्देशनमा कर्णालीमा छाउगोठ भत्काउने अभियान चलिरहेको छ । प्रहरी प्रशासन जनप्रतिनिधि छाउगोठ भत्काउनमै बढि केन्द्रित छन् । अभियान अन्तरर्गत, सुर्खेत, जाजरकोट, दैलेख र कालिकोटमा गोठ भत्काउने काम भैईरहेको छ । भने, अन्य जिल्लामा छुईप्रथा मान्दैनौ भनेर प्रतिबदता लिने काम भईरहेको छ । हाल सम्म कर्णालीका चार जिल्लाको तथ्यांक अनुसार करिब ७ सय चार वटा छुईगोठ भत्काईएको छ । प्रहरी प्रशासनको दबाबमा गोठ भत्काएपनि मनको डर त्रास कायमै रहेको कालिकोटका हस्त चौलागाईले बताए ।


जुम्लाका महिला अधिकार कर्मि लक्ष्मीकन्या बुढा भन्छन्, साविक कर्णालीमा छुईगोठ छुटै हुदैन्, गाईबस्तु संगै छुई हुदा बस्न बाध्य छन् । गोठ भत्काउने भन्दा त्रास, भय सोचाई भत्काउन आबश्यक हो । उनले थपिन, पहिलो प्रथामिकतामा डरलाई भत्काए, संरचना आफै भत्कीछन । सेवा कटौती गर्छौ भन्दै डर देखाएर प्रहरी प्रशासनले छाउगोठ भत्काउदैमा छुईप्रथा उन्मुलन भयो भन्न कदापी नसकिने चन्नदनाथ नगरपालिकाकी उपमेयर अप्सरादेवि न्यौपानले बताईन् ।

सोच भत्काउन, गोठ आफै भत्कीछन् । यहि कुरा अब स्थानीय सरकार मुलमन्त्र मानेन जनचेतना विस्तार गरि स्वयम् महिलालाइ नै गोठ भत्काउन अग्रसर हुनेखालका कार्यक्रम गरिने बताईन् । यता सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार कर्णालीका सुर्खेतमा ५ सय ६६,दैलेखमा १ सय १२, कालिकोटमा १७ र जाजरकोटमा ९ गरि जम्मा ७ सय चार छुईगोठ भत्काईएको छ ।

देशभरीबाट सबै भन्दा बढि सुदुरपश्चिम प्रदेशमा १ हजार ९ सय छाउगोठ भत्काईएको छ । भने, जिल्लागत हिसाबमा अहिले सम्म नेपालमै बढि अछाममा मात्रै १ हजार ६ सय छुईगाुठ भत्काइएको छ । कर्णाली र सुदुरपश्चिम गरि हाल सम्म हजार दुई सय ५४ छाउगोठ भत्काएको छ । सुदूरपश्चिममा एक हजार नौ सय सात र कर्णालीमा सात सय तीन छाउगोठ भत्काइएको हो । प्रहरी प्रवक्ता शैलेस थापाका अनुसार सुदुरपश्चिमको कैलालीमा एक सय १५, बझाङमा ६५, बाजुरामा एक सय ६८ र कञ्चनपुरमा चार छाउगोठ भत्काइएको छ ।

सोचाई भत्काउन मुस्किल

छाउगोठ भत्काउनु जतिकै सजिलो सोचाई भत्काउनु छैन् । गोठ भत्काउने अगुवा हरुलाई यो कुरा थाहा छ । तर पनि औपचारिकतमा मात्रै सिमित गोठ भत्काउने कार्यले छाउ मान्ने ग्रामिण महिला झनै त्रसित छन् । त्यसो त छाउगोठमा बस्दा महिलाले सामाजिक अत्याचार मात्र नभई प्राकृतिक विपत्ति पनि भोग्दै आएका छन् ।

तर गोठ भत्काउदैमा सोचाई भत्किन मुस्किल छ । नागरिक समाजका अध्यक्ष राज बहादुर महतले भने, अहिले सम्म जति महिला छाउप्रथा न्युनिकरणमा लागेकि छन् उनीहरु मनै देखि होमिएका छैनन् । औपचारिकतामा सिमित महिला अगुवा कार्यक्रर्ताहरुनै गोठमा बस्ने गरेको धेरै तथ्यहरु छन् ।
हाली हात्तीका देखाउने दाँत जस्तै महिला अगुवाले ग्रामिण महिला निकै त्रासमा छन् । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार साविक कर्णालीमा गोठ भन्दा डर त्रासलाई भत्काउन आबश्यक रहेको छ । जुम्लाका आठै स्थानीय तह संग प्रतिबदता मागेका छौ । सोहि अनुसार चेतना अभिबृदिका कार्यक्रमलाई अगाडि बढाइने छ । सोचाई भत्काउन सहज छैन् । तर स्वयम महिलानै छुईप्रथा उन्मुलनमा सहभागी हुने खालका कार्यक्रम गरिने छ ।
फोटो क्याप्सन ः कालिकोटमा छाउगोठ भत्काउदै प्रहरी र स्थानीय । तस्बिर ः विष्णु न्यौपाने कालिकोट ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button