तपाईँ सुन्दै हुनुहुन्छः

नुवाकोट र धादिङमा गोरु भिडन्त गर्दै (फोटोफिचर)

नुवाकोट। आज माघे सङ्क्रान्ति पर्व अर्थात मकर सङ्क्रान्ति । घ्यू, चाकु, तरुलजस्ता मिठामिठा परिकार खाएर मनाइने यो पर्वका दिन आज नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकामा भने नेपालमै फरक विषेशता बोकेको गोरु जुधाई मेलाको बेग्लै रौनक छाउने गर्छ । माघे संक्रान्तिलाई यहाँ जिब्रोको स्वाद फेर्ने परम्परामा मात्र सिमित राखेको छैन, सयौँ वर्षदेखि ती परिकारहरुको अतिरिक्त धुमधाम शैलिमा मनाइने गोरु जुधाई मेला नुवाकोट जिल्लाको सुन्दर गाउँ तारुकावासीको अमिट पहिचान र नेपालीहरुकै सुन्दर संस्कृति बनिसकेको छ ।

तर, धेरैका लागि यो गोरु जुधाई भिन्न, नौलो र रोचक छ । नेपालमै गोरुजात्रा हुने एकमात्र थलो तारुकामा विगत एक सय ५० वर्षभन्दा लामो समयदेखि स्थानियहरुले निरन्तर परम्पराको रुपमा मनाउँदै आइरहेका छन् । यस वर्ष माघे सङ्क्रान्तिमा तारुकामा २२ हल साँढे जुधाउने कार्यक्रम छ । लम्बाइ, उचाइ, उमेर र मोटाइका आधारमा गोरुको छनोट गरिएको गोरु जुधाई मेला व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर भण्डारीले जानकारी दिनुभयो । उनले गोरु जुधाइका क्रममा मरिहाल्यो भने रु ५० हजार दिने व्यवस्था समितिले मिलाएको स्पष्ट पार्नुभयो ।

यस्तो छ गोरु जुधाईको इतिहास

गाउँका अजंगका साँढेहरु जम्मा पारेर बाजी थाप्दै जुधाईने यो प्रतियोगितालाई तारुकामा पर्ने चन्दनीडाँडामा बझाङ्गी राजा जयपृथ्वीबहादुर सिँह हालको गोरुजात्रा हुने स्थान अर्थात तारुका–५ चन्दनीस्थित मामाघर आउँदा भन्जालाई स्वागत र मनोरञ्जन गराउन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा पहिलोपटक सुरु गरेका थिए । उक्त दिन माघे सङ्क्रान्ति भएको र त्यसै समयदेखि गोरु जुधाउने परम्पराको थालनी भएको स्थानिय बुढापाकाहरुको धारण छ, जसलाई अहिलेसम्मका पुस्ताले पनि पहिचानको रुपमा निरन्तरता दिइरहेका छन् । यही परम्परा अन्ततः वरपरको गाउँलेहरुको लागि समेत मनोरञ्जनको माध्याम र खेल जात्रा बनेको हो ।

आफ्नै देशको मौलिक शैली र संस्कृति बनिसकेको यहाँको साँढे जुधाईले स्पेनको त्यो बुलफाइट बिर्साउँछ र थप रोचक बनाउने मात्र नभई मुुलुकका साथै विदेशमा समेत उत्तिकै चर्चा बटुल्न सफल भएको छ । यहाँको सदियौँ पुरानो ऐतिहासिक चिनारी बोकेको गोरु जुधाईको परम्परा । तैपनि राजधानी काठमाण्डौंसँगै जोडिएको नुवाकोटको तारुकाका लागि भने यो मौलिक परम्परा बनिसकेको छ । दशैं तिहारजस्ता हिन्दू आस्थाका चार्डपर्वमासमेत घर नफर्कनेहरु माघे सङ्क्रान्तिमा भनेपनि साँढेको बेजोड घम्साघम्सी हेर्न घर आउने चलन यहाँ रहेको छ । आफन्त तथा साथीहरुसँग मेलमिलाप गर्ने र भेटघाटको अवसरको रुपमासमेत नुवाकोट र धादिङवासीले यस पर्वलाई महत्वका साथ लिने गरेको पाइन्छ ।

 

cover photo, Image may contain: one or more people, crowd and outdoor

Image may contain: 2 people, outdoor and nature

Image may contain: 1 person, sky, outdoor and nature

Image may contain: one or more people, sky, outdoor and nature

 

 

 

 

unn.prixa.net

फाइल फाेटाे

फाइल फाेटाे

Related image

Image result for नुवाकोट गोरु भिडन्त

Image result for नुवाकोट गोरु भिडन्त

Related image

तस्बिर: सामाजिक सन्जाल

प्रतिक्रिया राख्नुहोस्

Back to top button