तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख चयन गर्न ढिलाई गर्न नहुुने : सभापति देउवा

बिराटनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख चयन गर्न ढिलाई गर्न नहुने बताउनु भएको छ ।

बिराटनगर बिमानस्थलमा आज सञ्चारकर्मीहरुँंग कुरा गर्दै उहाँले सभामुुख चयन नहुदा संसद अनिर्णयको बन्दी बन्दै गएकाले त्यसतर्फ सत्तापक्ष गम्भिर हुनुपर्नेमा जोड दिनुुभयो । उहाँले नेपाली कांगे्रसलाई सभामुख पद दिएमा ससद व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्ने र दलहरु बीच सहमती कायम हुने बताउनुभयो ।

सभापति देउवाले नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) भित्र आन्तरिक विवादका कारण सभामुखको चयनमा ढिलाई भएको प्रसंग उल्लेख गर्दै सो पार्टीभित्र गुटउपगुट रहेको जनताले प्रष्टरुपमा थाहा पाएको बताउनुभयो ।

उहाँले ससदको गतिराध हटाउन चाँडै कांग्रेसले संसदीय दलको बैठक बोलाउने र त्यसबाट ठोस निर्णय लिने बताउनुभयो ।

संवैधानिक प्रावधान अनुसार प्रदेशमा सभामुख वा उपसभामुख मध्ये एक पद कांग्रेसले पाउने पर्ने उहाँले बताउनुुभयो । एक प्रश्नको जवाफमा सभापति देउवाले बहुचर्चित एमसीसीलाई नेपाली काङ्ग्रेसले पहिला नै समर्थन गरिसकेको र सरकारले चाडै यसलाई अनमोदन गर्नु जोड दिनुभयो ।

उहाँले पार्टीको महाधिवेशनको मिति परिवर्तन नहुने बताउदै पार्टी भित्र रहेका केही साधारण समस्या समाधान गर्दै पार्टी संगठनलाई बलियो बनाउन आफु लागि परेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button