तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा थारु समुदायद्वारा माघी महोत्सव

बीरगंज । माघे संक्रान्ति तथा माघी पर्व आज पर्साको सदरमुकाम वीरगंज लगायत ग्रामीण क्षेत्रमा आदिवासी जनजाति थारु समुदायको धुमधामका साथ मनाइ रहेका छन् ।

नया बर्ष थारु सम्बत २६४४ तथा माघी पर्व थारु समुदाय बसोबास गर्ने क्षेत्रमा बिभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ मनाइरहेका छन् ।

माझी पर्वको अवसरमा आज थारु कल्याणकारिणी सभाले बीरगंजको आर्दशनगरस्थित स्वीमिङ्ग पूलमा माघी महोत्सवको आयोजना गरेको छ । सो अवसरमा थारु संस्कृति झल्कने विविध सांस्कृतिक प्रस्तुतिका साथै थारु परिकारहरुको प्रदर्शनी समेत गरिएको छ ।

त्यसैगरी पर्साको जिराभवानी, सखुवा प्रसौनी, पटेर्वासुगौली, सुवर्णपुर, पर्सागढी लगायतका गाउँहरुमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button