२०७८ साल वैशाख १ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुराको परशुरामधाममा स्नान गर्नेहरुको घुईचो

लक्ष्मी ऐर २०७६ माघ १ गते १७:०१

डडेल्धुरा । डडेल्धुराको भित्रि मधेसमा पर्ने परशुराम नगरपालिका वडा नं. ५ परीगाउँस्थित परशुरामधाममा माघे संक्रान्तिको अवसरमा मंगलबार राती रतेडी र बुधबार बिहान स्नान गर्नेहरुको घुईचो लागेको छ ।

चारधाम मध्येको एक परशुरामधाममा माघे संक्रान्तिको भव्य मेला लाग्ने गर्दछ ।परशुरामधाममा रहेका चुनढुंगा भगवान परशुरामले तपस्या गरे पश्चात होम गर्दा बनेको जनविश्वास छ ।

भगवान परशुरामले तपस्या गरेकाले यो स्थानको नाम परशुरामधाम राखिएको पुराणमा उल्लेख छ । यहाँ पुस मसान्तको रातभर आगो तापेर भक्तजनहरू जाग्रम बस्ने गर्दछन् भने माघ १ गते स्नान गरेर धर्म कमाइने जनविश्वास छ ।

परशुरामधाममा लाग्ने मेला भर्न सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्ला र भारतबाट समेत तीर्थालु तथा दर्शनार्थीहरू आएको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष प्रेमचन्द ठकुरीले जानकारी दिनुभयो ।

एकातिर चूरे पर्वत शृंखला र अर्को्ितर महाभारत पर्वतसँगै भारतको पूर्णागिरि पर्वतको मध्य भागमा रहेको परशुरामधाम डडेल्धुराको सदरमुकामदेखि १०० किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको मोटर यात्राबाट पुग्न सकिन्छ ।

स्कन्द पुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णागिरि मन्दिरमा सतीदेवीको पूर्ण अंग पतनपछि भगवान् शिवले यही धाममा लामो समय तपस्या गरेको बताईन्छ । परशुराम भगवान् विष्णुका दश अवतारमध्ये एक मानिन्छन ।

सम्बन्धित

बढ्दै क्यूआर कोडमार्फत हुने कारोबार

३७ सेकेन्ड अगाडि रेडियो नेपाल