तपाईँ सुन्दै हुनुहुन्छः

साहित्यि पुरस्कार वितरण तथा पुस्तक सार्वजनिक

दोलखा । माघे संक्रान्ति(माघि)को अवसरमा बुधबार बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले एक जना साहित्यकारलाई सम्मान तथा पर्यटन बर्ष २०२० को अवसरमा प्रकाशीत प्रदेय पत्रिका सार्वजनिक गरेकोे छ ।

बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले युवा गितकार रमेश दाहाललाई १० हजार नगदसहित बिष्णुलक्ष्मी–तुलसिमाया साहित्य सम्मान २०७६ बाट सम्मानित गरेको हो ।

दोलखाको बैतेश्वर ५ मैनापोखरीका दाहालले एक हजारभन्दा बढी गित लेखिसक्नु भएको छ भने तीन सय भन्दा बढी गित रेर्कड भएका छन् ।

पत्रकार चिरञ्जीवी मास्केले आफ्नो जन्मदिने र कर्मदिने आमाहरुको नाममा स्थापना गनुृ भएको बिष्णुलक्ष्मी–तुलसिमाया साहित्य सम्मान हरेक बर्ष माघे संक्रान्तिको दिन माघ १ गते वितरण हुदै आएको छ ।

कार्यक्रममा दोलखाका २० पर्यटकीय गन्तव्य समेटिएको पत्रिका प्रदेयको सार्वजनिक समेत गरिएको छ । भ्रमण बर्ष २०२० को अवसरमा प्रकाशित प्रदेयमा दोलखाको कालिञ्चोक, भीमेश्वर, शैलुङ, जिरीलगायत २० वटा पर्यटकीय गन्तव्यको परिचय, विशेषता, भौतिक, सामाजिक, सांस्कृतिक अवस्था आदी समेटिएको छ ।

पुरस्कार वितरण तथा प्रदेय सार्वजनिक जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले गर्नु भएको थियो ।

बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाका अध्यक्ष बिष्णु सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, नेकपा दोलखाका प्रमुख एवं तामाकोसी गाँउपालिकाका प्रमुख इश्वरचन्द्र पोखरेल, शैलुङ गाँउपालिकाका प्रमुख भरत दुलाल, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेल, भीमेश्वर नगरपालिकाको उपप्रमुख कमला वस्नेत, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्के, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, प्रेस संगठनका केन्द्रीय सदस्य सरद सापकोटा, नेपाल प्रेस युनियन बागमती विशेष क्षेत्र संयोजक रमेश खतिवडा, नेपाल प्रेस युनियन दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाई, प्रेस संगठन दोलखाका सहसंयोजक प्रभु जिरेल, साहित्यकार शङ्करलाल श्रेष्ठ र बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका उपाध्यक्ष मुरारी दुलालले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button