तपाईँ सुन्दै हुनुहुन्छः

धितोपत्र बार्डले संस्थागत सुशासन प्रभावकारी बनाउन जोड दिने

काठमाडौं । नेपाल धितोपत्र बार्डले मुलुकको धितोपत्र तथा पूँजी बजारमा संस्थागत सुशासनलाई प्रभावकारी बनाउन जोड दिने भएको छ ।

नेपाल धितोपत्र बार्डले बुधवार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा धितोपत्र बोर्डका नव नियूक्त अध्यक्ष भीष्मराज ढुङ्गानाले कमोडिटिज एक्सचेञ्जको सञ्चालनका लागि ६ कम्पनीको आवेदन परेको र त्यस मध्ये कसलाई दिने वा कस्तो मोडालिटीबाट दिने भन्नेबारे अध्ययन भइरहेको बताउनु भयो ।

अध्ययनका आधारमा कमोडिटि मार्केट सञ्चालनको लागि लाइसेन्स पनि वितरण गर्ने अध्यक्ष ढुंगानाले जाकारी दिनु भयो ।

पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक निरज गिरिले चालु आर्थिक वर्षको ६ महिनामा धितोपत्रको प्राथमिक बजारको अवस्था मिश्रित रहेको, यस अवधिमा बोर्डबाट १६ संगठित संस्थाहरुले २० अर्ब बराबरको निष्काशन अनुमति प्राप्त गरेको जानकारी दिनु भयो ।

कुल निष्काशन अनुमति प्राप्त भएको मध्ये ८३ प्रतिशत ऋणपत्रले आगटेको पनि उहाँले जानकार िदिनु भयो ।

यस अवधिमा प्रारम्भिक सार्वजनिक निष्काशनमा भने भारी गिरावट आएको बोर्डले जनाएको छ ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलले धितोपत्र बजारको सुधारका लागि बार्डले विभिन्न नीतिगत सुधारमा जोड दिउको जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button