तपाईँ सुन्दै हुनुहुन्छः

युभेन्टसद्वारा यूडिनीज ४-० गोलअन्तरले पराजित

एजेन्सी । कोपा ईटालिया फुटबलमा युभेन्ट्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा यूडिनीजलाई ४–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

युभेन्ट्सको जितमा पाउलो ड्याबालाले दुई तथा गोन्जालो हिग्युन र ड्युगलस कोस्टाले समान एक-एक गोल गरेका थिए ।

गोन्जालो हिग्युनले १६ औं मिनेटमा गोल गर्दै युभेन्ट्सले १-० को अग्रता बनाएका थिए । खेलको२६ औं मिनेटमा ड्याबलाले युभेन्ट्सको अग्रता दोब्बर पारे । ५७ औ मिनेटमा पेनाल्टीमार्फत ड्याबलाले ब्यक्तिगत दोस्रो गोल गरे ।

त्यस्तै कोस्टाले ६१ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई शानदार जित दिलाए । क्रिस्टियानो रोनाल्डो बिरामी परेका कारण उनी खेल मैदानमा उत्रिएका थिएनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button