तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईयो

  

मकवानपुर । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ नाराका साथ आज मकवानपुरमा २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईएको छ । विक्रस सम्बत १९९० माघ २ गते भूकम्प गएको सम्झनामा २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।

दिवशका अवसरमा आज हेटौंडामा प्रभातफेरी गर्नुका साथै भुकम्प आउँदा सुरक्षित हुन अपनाउनु पर्ने सावधानीका विषयमा जनचेतनामुलक प्रदर्शन गरिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले भुकम्प सुरक्षा सम्बन्धी जनचेतनामुलक प्रदर्शन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता थियो ।

कार्यक्रममा बोल्दै प्रमुख खुलालले भूकम्पका बारेमा जनचेतना जगाउनु पर्ने बताउनुभयो । प्रमुख खुलालले नेपाल भुकम्पको उच्च जोखिम युक्त विश्वको ११ मुलुक रहेको र जुन सुकै बेला भुकम्प आउन सक्ने हुनाले भुकम्प सुरक्षाका बारेमा तल्लो तहका नागरिक सम्म चेतना फैलाउन जरुरी रहेको बताउनुभएको हो । उहाँले २०७२ वैशाख १२ गते गएको भूकम्पबाट मकवानपुरमा पनि धेरै क्षती पु¥याएको र पुनर्निर्माण काम चलिरहेको बताउँदै पुनर्निर्माणको काम समयमै सक्नु पर्ने समेत बताउनुभयो । कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुखहरुको पनि सहभागिता थियो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button