तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा मोटरसाईकल लुट्न खोज्ने एक पक्राउ

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउबाट मोटरसाइकल लुट्न खोज्ने एक जनालाई जोगबुढा प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान परशुराम मेला भर्न गएका बेला पनपा–१० सालघाडीका शेरबहादुर कुँवरको म २ प ९४०६ नम्बरको मोटरसाइकल लुट्ने १८ वर्षीय अरुण नायकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।

भीमदत्त नगरपालिका–९ कञ्चनपुर घर भएका मोटरसाइकल लुट्न खोज्ने नायकले कुवँरको टाउकोमा हेलमेट प्रहार गरी घाइते समेत बनाएको इप्रका प्रहरी जोगबुढाका प्रहरी निरिक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ । मोटरसाइकल प्रहरी नियन्त्रणमा छ भने घटनाबारे थप अनुसन्धान भइरहेको बताईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button