तपाईँ सुन्दै हुनुहुन्छः

‘भूकम्पीय जोखिम कम गर्न बलियो संरचना निर्माण गर्न जरुरी’

जनकपुरधाम । २२औँ भूकम्प सुरक्षा दिवस २०७६ जनकपुरधाममा पनि बिभिन्न कार्यक्रमको आयोजना गरेर मनाईएको छ ।

भूकम्प सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार मूल नारासहित जिल्ला प्रशासन कार्यालय धनुषाको आयोजनामा चेतनामूलक कार्यक्रमको आयोजना गरेर दिवस मनाईएको हो ।

कार्यक्रममा सहभागीहरुले नेपाल भूकम्पीय दृष्टिकोणले जोखिममा रहेकाले नयाँ संरचनाहरुको निर्माण गर्दा बलियो जगको निर्माण गरेर मात्र गर्नु पर्ने धारणा राख्नु भएको छ ।

सहभागीहरुले नेपाल सरकारले बनाएको भवन आचारसंहिताको पालना गराउनका लागि पालिकाहरुले कडाई गर्नु पर्ने धारणा राख्दै व्यक्तिको घरदेखि सार्वजनिक ठाउँहरुको निर्माणमा यस आचारसंहिताको पूर्णपालना गर्न जरुरी रहेको बताउनुभयो । उहाँहरुले भवन आचारसँहिता विपरितको संरचनाको निर्माण गर्दा लागतमा १५ देखि ३० प्रतिशत मात्र बृद्धि हुने भएकाले यसको पालना जरुरी रहेको विज्ञहरुले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवले भवन आचारसंहिताको पालना कडाईसँग गराउनका लागि पालिकाहरुसँग समन्वय तथा सहकार्य गर्ने बताउनुभयो । उहाँले पुराना संरचनाहरुलाई बलियो बनाउनका लागि रेक्टोफिटिङ्ग गर्नका लागि प्रोत्साहित गर्ने बताउनुभयो ।

भूकम्पीय सुरक्षित पूर्वाधारको विषयमा शहरी भवन निर्माण बिभाग धनुषाका प्रमुख सिनियर डिभिजनल ईन्जिनियर गंगाराम यादवले भूकम्पबाट हुने जोखिम कम गर्न संरचनाको निर्माण गर्दा नै विशेष ध्यान दिनु पर्ने बताउनुभयो ।

उहाँले भूकम्पीय दृष्टिकोणले नेपाल उच्च जोखिममा रहेका मुलुक मध्ये एक भएकाले नीजि भवनदेखि सार्वजनिक भवन, पुल तथा अन्य संरचनाहरुको निर्माण गर्दा जोखिम न्युन हुने गरी बलियो बनाउनु पर्ने धारणा राख्नुभयो ।

नेपाल रेडक्र सोसाईटी धनुषाका सभापति नरेशप्रसाद सिंहले रेडक्रस जहिले पनि मानवीय सेवाका लागि पूर्ण समर्पित भएको संस्था रहेको बताउदै भूकम्पबाट हुने क्षति न्युनिकरणका लागि सबै पक्षका व्यक्तिहरु सजग एवं सचेत रहन जरुरी रहेको बताउनुभयो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले भूकम्पबाट हुने धनजनको क्षतिलाई न्युनिकरण गर्नका लागि संरचनाहरुको निर्माण गर्दा गुणस्तर तथा प्राविधिक विषयमा विशेष ध्यान दिनु पर्ने बताउनुभयोे ।

कार्यक्रममा विभिन्न कार्यालयहरुका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, सामाजिक क्षेत्रका व्यक्तिहरु तथा प्राविधिकहरुको पनि सहभागिता रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button