तपाईँ सुन्दै हुनुहुन्छः

‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत प्रदेश नंं.२ मा छोरी बीमा कार्यक्रम सुरु

महोत्तरी । महोत्तरीमा आजदेखि प्रदेश २ सरकारले छोरी शिक्षा बीमा शिविर सुरु गरेको छ ।‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत प्रदेश सरकारले छोरी बीमा शिविर कार्यक्रम सुरु गरेको हो ।

महोत्तरीको जलेश्वर नगरपालिका स्थित ल.च.मु माध्यामिक बिद्यालयबाट एक कार्यक्रमका बीच प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहले छोरी शिक्षा बीमा शिविर कार्यक्रम सुरुवात गर्नुभएको हो ।

अभियान अन्तर्गत एक महिनासम्म महोत्तरीका गाउँपालिकामा एक दिन, नगरपालिकामा दुई दिन गरी शिविर सञ्चालन गरिने प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहले जानकारी दिनुभयो ।

प्रदेश २ सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत छोरी जन्मिए लगत्तै उनीहरुको बीमा गरेर २० वर्ष उमेर पुगेपछि उच्च शिक्षा अध्ययन गर्न एक लाख २० हजार रुपैयाँ दिने उद्देश्यका साथ यो कार्यक्रमको सुरुवात भएको हो ।

शिविरमा २०७५ साल माघ १ गते भन्दापछि जन्मिएका छोरीहरुको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत शिविरमा वीमा गरिरे कार्यक्रम रहेको छ ।

महोत्तरीको १५ वटै स्थानीय तह पुगेर शिविर सञ्चालन हुने छ । शिविर फागुन २ गते सम्म चल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button