तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु

बीरगंज । बीरगंज कलैया सडक खण्डको सिसहनीया चौक नजिक आज बिहान मोटरसाईकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएकोे छ ।

मृत्यु हुनेमा वीरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवा निवासी ३५ बर्षीय छोरा धुरेन्द्र गिरी रहेको प्रहरीले जनाएको छ ।

ना १५ प ५७४३ नम्बरको मोटरसाईकलमा सवार गिरी बाक्लो हुस्सुका कारण बीच बाटोमा रोकी राखेको ट्रयाक्टरको टेलरमा ठोक्किदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तिब्र गतिमा रहेको मोटरसाइकल हुस्सुको कारण बाटोमा रोकिराखेको ट्रयाक्टरको टेलरलाई नदेख्दा मोटरसाइकल ठोक्किएर सो दुर्घटना भएको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button