तपाईँ सुन्दै हुनुहुन्छः

गरिव, असहाय र विपन्न समुदायको घर घरमा पुगी छोरी शिक्षा वीमा गरिन्छ : मुख्यमन्त्री राउत

बीरगंज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका प्रत्येक ग्रामिण बस्तीमा बसोवास गर्ने विपन्न, गरिव, असहाय, परिवारको घर घरमा पुगेर छोरी शिक्षा वीमाका लागि खाता खोलिने बताउनु भएको छ ।

बेटी पढाउ बेटी बचाउ अभियान अन्तरगत आजबाट प्रदेश २ मा शुरु भएको छोरी शिक्षा विमा सप्ताह व्यापी शिविर बीरगंजमा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले समाजको अगुवा तथा पहुच भएका व्यक्तिहरुले शहरमै पुगेर खाता खोल्न सक्ने भए पनि गाउँका विपन्न, दलित, समुदायका परिवारले सो सुविधा अब आफ्नै घरमा बसी बसी लिन सक्ने जानकारी दिनुभयो ।

उहाँले यो अभियानले आगामी दिनमा छोरीहरुको शिक्षामा पहँुच बढने अपेक्षा आफूले लिएको बताउनुभयो ।

बीरगंजको त्रिजुद्ध मावि परिसरमा आयोजित शिविरमा आज वीरगंज महानगरपालिकाको वडा नम्बर १ गतेदेखि ७ गतेसम्म र १६ नम्बर वडाका २०७५ माघ १ गते पछि जन्मेका छोरीहरुको निःशुल्क शिक्षा विमा गरिएको छ ।

समाजवादिका बिरगंज महानगर अध्यक्ष ईश्वर यादवको अध्यक्षतामा शुरु भएको शिविरमा सांसद प्रदिप यादव, प्रदेश सभा सदस्य जन्नत अंसारी, सिंहासन शाह कलवार, भिमा यादवलगायतले छोरी शिक्षा वीमा शिविरले प्रदेश २ मा जन्मिएका नवजात छोरीहरुको भविष्य उज्जवल रहने दावी गरेका थिए ।

यसैविच प्रदेश २ मा छोरीको बिमा गराउने अभिभावकले तीन महिनासम्म निःशुल्क इन्टरनेट सुविधा समेत पाउने भएका छन् । प्रदेश सरकार मार्फत इन्टरनेट सेवा प्रदायक संस्था सुविसुले छोरीको बीमा गराउने अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट प्रदान गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button