तपाईँ सुन्दै हुनुहुन्छः

‘मिडिया काउन्सिललाई स्वतन्त्र, सक्षम र स्वायत्त निकायको रुपमा स्थापित गरिनुपर्ने’

काठमाडौँ । सांसदहरुले मिडिया काउन्सिललाई स्वतन्त्र, सक्षम र स्वायत्त निकायको रुपमा स्थापित गरिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा आज भएको नेपाल मिडिया काउन्सिल विधेयक २०७५ माथिको दफावार छलफलमा सांसदहरुले विधेयक ल्याइनुको उद्देश्य अनुरुप विधेयकको प्रस्तावनामा नै स्वतन्त्र, सक्षम र स्वायत्त भन्ने शब्द राखिनुपर्ने बताउनुभयो ।

संशोधनकर्ता सांसदहरु रामनारायण विडारी, ठगेन्द्र प्रकाश पुरी, बुजेशचन्द्र लाल, राधेश्याम अधिकारी र विमला राई पौडेलले प्रेसलाई सजायले कस्ने नभई स्वनियमको सिद्धान्तबाट हेर्ने र काउन्सिलले स्वनियम र आचारसंहिताको अनुगमन गर्नुपर्ने बताउनुभयो ।

सांसद विमला राई पौडेल र ठगेन्द्र प्रकाश पुरीले पत्रकारितालाई सक्षम र मर्यादित बनाउन पत्रकारले लाइसेन्स लिनुपर्ने विषय समेटिनु पर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button