तपाईँ सुन्दै हुनुहुन्छः

भवन आचारसंहिता कार्यन्वयन गर्न सरोकारवालाको जोड

सल्यान । भूकम्पवाट हुने क्षति न्यूनिकरण गर्न भवन आचार संहिता कार्यान्वयनमा ल्याउनु पर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ ।

भूकम्प सुरक्षा दिवशको अवसरमा सल्यानलको खलंगामा भएको कार्यक्रममा वक्ताहरुले भूकम्प आफैले केही क्षति नपुर्याई जथाभावी निर्माण भएका भौतिक संरचनाले क्षति पुर्याउने भएकाले भौतिक संरचना निर्माणमा ख्याल गर्नु पर्ने जोड दिइएको हो ।

प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानले कानुन भन्दा पनि कार्यान्वनको अभाव देखिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी न्यौपानेले ऐन कानुन, कार्यविधी भएपनि समुदायस्तरमा पुर्याउन भने बाँकी रहेको बताउनुभयो ।

विपद व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी न्यौपानले स्थानीय तहको सहमति र सहकार्यमा भवन संहिता कार्यान्वयनबारे ठोस कदम चालिने उल्लेख गर्नुभयो ।

शारदा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णवहादुर शाहीले स्थानीय तहहरुले भवन निर्माणमा नक्सा पासलाई अनिवार्य बनाउन सके मात्र अब बन्ने नयाँ भौतिक संरचनामा भूकम्पबाट हुने क्षति कम गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button