तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा नेपालकै अग्लो बुद्धमूर्ति बनाइँदै

फाइल तस्बिर

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–६ बुद्धपथमा नेपालकै अग्लो बुद्धमूर्ति बनाइने भएको छ । सुर्खेतको बुद्ध सरोकार समितिले नेपालकै अग्लो एक सय आठ फिट अग्लो बुद्धमूर्ति बनाउन लागिएको जानकारी दिएको छ ।

मुर्ति बनाउन कर्णाली प्रदेशका हरेक नागरिकसँग १०० रुपैयाँ दानमाग्ने निर्णय भएको समितिका अध्यक्ष पञ्चसिंह रोकायाले जानकारी दिनुभयो ।
धर्मजप माला १०८ दानाको हुने भएकोले १०८ फिटकै मूर्ति बनाउने निर्णय भएको रोकायाले बताउनुभयो । उक्त मूर्ति बनाउन ९ देखि ११ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button