तपाईँ सुन्दै हुनुहुन्छः

वेपत्ता नारायण नेपालीको घर बनाउने जिम्मा नगरपालिकाले लियो

मेलम्ची । विगत दुई वर्षदेखि वेपत्ता मेलम्ची नगरपालिका वडा नं ११ अम्फे चौरका नारायण नेपालीको घर बनाउने जिम्मा २२औं भकम्प सुरक्षा दिवसको अवसरमा मेलम्ची नगरपालिकाले लिएको छ ।

विहिवार मेलम्ची नगरपालिकाको आयोजनामा भूकम्प सुरक्षा दिवसलाई लक्षित गरी प्रभातफेरी कार्यक्रम सञ्चालनको अवसरमा जाइकाको डकर्मी सहयोगमा उक्त घर बनाउन लागिएको हो ।

आज बिहान सुरु भएको प्रभातफेरी मेलम्ची बजारमा आइ कोण सभामा परिणत भएको थियो । कोणसभालाइ सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले मेलम्ची नगरपालिका भित्रका संरचनाहरु भूकम्प प्रतिरोधि हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्राविधिकको सल्लाह अनुसार मात्र पुननिमार्ण गर्न सम्पुर्णमा आग्रह गर्दै नगरपालिकाले ल्याएका हरेक योजनाहरु सफल पार्न नागरिकको साथ र सहयोग चाहिने भएकाले सहयोगका लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा भवन शाखाका इन्जिनियर जित बहादुर कार्कीले अहिले सम्म नगरपालिकाले इजाजत प्रदानगरी निमार्ण गरिएका संरचनाहरु भुकम्प प्रतिरोधी बनेको जानकारी दिदै अब बन्ने संरचना पनि प्राविधिकको सल्लाह अनुसार मात्र निमार्ण गर्न आाग्रह गर्नुभयो ।

साथै मेलम्ची नगरपालिका वडा नं ११ अम्फे चौरका नारायण नेपालीको घर बनाउने जिम्मा लिइ उक्त घरको सिलान्यास गर्दै विपन्न, असाहय भूकम्प प्रभावित नागरीक नेपालीको निजि आवास निर्माणार्थ आर्थिक तथा प्राविधिक सहयोग नगरले नै गर्ने प्रमुख डम्बर अर्यालले बताउनुभयो ।

घर निर्माणमा श्री नं २ जगदल गण, इलाका प्रहरी कार्यालय, शशस्त्र प्रहरीबल सुरक्षा बेश क्याम्प मेलम्ची, स्थानीय जनप्रतिनिधिहरु र विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानियहरुले श्रमदान गरेको हो ।

वेपत्ता नेपालीको परिवार बिहान बेलुकी छाक टार्नको लागि समेत मुिस्कल परिरहेको बेलामा घर बन्न आटेकोमा श्रीमती रमा नेपालीले खुसी व्यक्त गर्नुभयो । दुई छोरी र एक छोरा गरी तिन सन्तान भएको रमाकी श्रीमान भने दुई वर्षदेखि बेपत्ता छन् । नागरिकता समेत बनाउन नसक्नुभएकी रमाले सोही वडाका अध्यक्ष रुद्रप्रसाद दुलालले बनाई दिएको र घर निर्माणमा नगरलाई अपिल गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button