तपाईँ सुन्दै हुनुहुन्छः

विप्लव समुहका पछिल्ला गतिविधिले सरकारको दाबी पुष्टी : मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विप्लव समूहका पछिल्ला गतिविधिले सो समूह आतंकारी भएको सरकारी दावी पुष्टी भएको बताउनुभएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारको एक प्रश्नको जवाफमा सरकार प्रवक्त समेत रहनुभएका मन्त्री बाँस्कोटाले लुकि–छिप बम विष्फोट गराउने, जग्गा कब्जा गरेको दावी गर्ने लगायत विप्लव समुहका पछिल्ला गतिविधिले सरकारको दाबी पुष्टी भएको बताउनुभयो ।

सरकारी जग्गाको संरक्षणका लागि सरकारले सचेतताका साथ काम गरिरहेको उल्लेख गर्नुहुँदै मन्त्री बाँस्कोटाले सस्तो लोकप्रियताका लागि विषयलाई अतिरञ्जित नगर्न समेत आग्रह गर्नुभयो ।

पत्रकारकै एक अर्को प्रश्नमा मन्त्री बाँस्कोटाले नेपालले अमेरिकाको बैदेशिक सहायता एजेन्सी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत सहयोग लिने सम्बन्धमा राजनैतिक दलहरूबीच विवाद हुनु आवश्यक नरहेको बताउनुभयो ।

एमसिसीसँगको सझौताको प्रकृया विगत लामो समयदेखी अगाडि बढिरहेको र यस बीचमा गठन भएका सबै सरकारहरूले यसलाई अगाडि बढाएको हुनाले अहिले आएर दलहरू विभाजित हुन नहुने मन्त्री बाँस्कोटाले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button