तपाईँ सुन्दै हुनुहुन्छः

श्री एयरलाइन्सलाई परीक्षण अवतरणका लागि अनुमति

काठमाडौं । निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले टर्बोप्रोप जहाजमार्फत पोखरामा परीक्षण अवतरणका लागि अनुमति पाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पोखरामा परीक्षण उडानका लागि अनुमति पाएको कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताउनुभयो ।

यसअघि श्री एयरलाइन्सले जनकपुर र सिमरामा सफल परीक्षण उडान गरिसकेको छ भने सोमबारदेखि काठमाडौं जनकपुर नियमित उडानको तयारी भईरहेको प्रवक्ता मानन्धरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button