तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतपत्र ढुवानी सम्पन्न

काठमाडौँ । निर्वाचन आयोगले यही माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्रहरू छपाई गरी सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइ सकिएको जनाएको छ ।

प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह तथा स्थानीय तहका सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा रातो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह उल्लेख गरी जम्मा छ हजार दुई सय ६० मतपत्र छपाई गरी राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुने समूह र मतदाता संख्याको आधारमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

निर्वाचनमा प्रदेशसभा सदस्य पाँच सय ५० र स्थानीय तहका एक हजार पाँच सय छ जना गरी जम्मा दुई हजार ५६ जना मतदाता रहेका छन् ।

जसमध्ये प्रदेश १ मा तीन सय ६७ जना, प्रदेश २ मा तीन सय ७९ जना, प्रदेश ३ मा तीन सय ४८ जना, गण्डकी प्रदेशमा दुई सय ३० जना, प्रदेश ५ मा तीन सय पाँच जना, प्रदेश ६ मा एक सय ९८ जना र सुदूरपश्चिम प्रदेशमा दुई सय २९ जना मतदाताहरू रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button