तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचकद्वारा एक हजार ३०० विन्दु पार

काठमाडौं । साँढे ७ महिनापछि नेप्से परिसूचकले एक हजार ३०० विन्दुलाई पार गरेको छ ।

साताको अन्तिम कारोबार दिन नेप्से २६ अंकले बढेर एक हजार ३१०.२३ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै बिहिबार कारोबार रकम पनि बढेको छ । बिहिबार १६१ कम्पनीका १ अर्ब ७० लाख रुपैयाँ बराबरको ५० लाख २५ हजार कित्ता शेयर खरिदबिक्री भएका छन् ।

बिहीबार एनआईबिएल प्रगति फण्ड, मल्टीपर्पस फाइनान्स कम्पनी, आईसीएफसी फाइनान्स, ग्लोबल आईएमई लघुवित्त र तिनाउ मिसन डेभलपमेन्ट बैंक सहित ५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button