तपाईँ सुन्दै हुनुहुन्छः

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन सरकार कटिबद्ध : मन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री धनश्याम भुषालले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन सरकार कटिवद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभा दिगो बिकास तथा सुशासन समितिको नीतिगत, कानुनी एवं दिगो विकास लक्ष्य सम्बन्धी प्रावधान र मन्त्रालयको तयारी तथा निर्देशन कार्यन्वयन सम्बन्धमा छलफल गर्न आज सिंहदरवारमा बसेको बैठकमा मन्त्री भुषालले कानुनी र नीतिगत सुधार गर्दै कृषिलाई समद्धिको मुख्य आधार बनाउने गरि काम गरिरहेको बताउनुभयो ।

मन्त्री भुषालले दिगो बिकासका लक्ष्यमा केन्दित रहेर नियमावली निमार्णको काम भईरहेकोले यसबाट जनताको गुणस्तरीय खाना खान पाउने अधिकार सुनिश्चित हुन विश्वास व्यक्त  गर्नुभयो ।

बैठकमा सांसदहरुले मुलुक कृषिमा अझै आत्मनिर्भर हुन नसकेको भन्नुहुंदै निर्यात प्रवद्र्धन गर्ने खालका बस्तु तथा सेवाको उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोडदिनुभयो ।

बैठकमा मन्त्रालयका सचिव यूवक ध्वज जि सीले मुलकका सात वटै प्रदेशमा विषादी परिक्षण हुने व्यवस्था मिलाइएको भन्नुहुंदै तरकारी र कृषि उपज बस्तुको प्रयोग ढुक्क संग गर्न सकिने वातावरण तयार भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button