तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक बिद्यालयको नतिजा सुधारको नयाँ अभियान शुरु

कपिलवस्तु । सामाजिक बिकास मन्त्रालयले सामुदायिक विद्यालयको नतिजा सुधारको नयाँ अभियान शुरु गरेको छ । सामुदायिक विद्यालयको गणित र विज्ञान विषयको नजिता सारै कमजोर भएपछि ५ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले नयाँ अभियान शुरु गरेको हो ।

गतवर्ष २०७५ को एसइई परिक्षामा गणित र विज्ञान विषयमा सामुदायिक विद्यालयको नतिजा सारै कमजोर आएपछि ग्रेड सुधारका लागि नयाँ अभियान शुरु भएको हो ।

प्रदेश सरकारको बजेटबाट १२ वटै जिल्लामा गणित र विज्ञान विषयको नतिजा सुधारका लागि ५२ दिने विशेष कक्षा सञ्चालन गर्ने अभियान शुरु भएको हो ।

दैनिक डेढ घण्टाको दरले विद्यालयमै ५२ दिनसम्म गणित र विज्ञान विषयको अतिरिक्त कक्षा संचालन हुनेछ । प्रदेश नं. ५ अन्तरगत १२ जिल्लाका सात सय ४२ विद्यालयमा विज्ञान र आठ सय ८८ विद्यालयमा गणित विषयको अतिरिक्त कक्षा संचालन हुनेछ ।

जसको लागि प्रदेश सरकारले चैत्र महिनामा हुने एसईई परिक्षाको नतिजा सुधारका लागि पाँच करोड बजेट सामुदायिक विद्यालयको नजिता सुधारमा लगानी गरेको छ । जस अन्तरगत विद्यार्थी अनुपातमा विद्यालयले अतिरिक्त कक्षा संचालन गरेबापत एकमुष्ट रकम पाउनेछन् ।

प्रदेशमा कपिलवस्तुको गत वर्षको एसइईको नतिजामा गणित विषयमा ११औं स्थान अर्थात २०.७ प्रतिशत रहेको थियो भने १२आँै जिल्लाको रुपमा रोल्पा रहेको थियो ।

जसको १८.८ प्रतिशत ल्याएर अन्तिम जिल्लाको नतिजाको सूचीको रहेको थियो । सबैभन्दा राम्रो नतिजा गुल्मी जिल्लाले ४० प्रतिशत ल्याएर पहिलो स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । जस अन्तरगत कपिलवस्तुको ७२ विद्यालयमा गणित ६९ विद्यालयमा विज्ञान विषयको कक्षा संचालन हुनेछ ।

अभियान अन्तरगत सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुले ७२ स्कुलका एक सय ४१ शिक्षकलाई गणित र विज्ञान विषयका शिक्षकलाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button