तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा र विज्ञान प्रविधिलाई सँगसँगै अगाडी बढाउनुपर्ने : मन्त्री पोखरेल

फाइल तस्बिर

बर्दिवास । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले बिज्ञान तथा प्रविधिको सार्थक ज्ञानलाई जनमानसमा पुर्याउन सके देश बिकासले सार्थक गति लिने बताउनुभएको छ ।

महोत्तरीको बर्दिवासमा वीपी कोईराला मेमोरीयल प्लाटेरियम तथा अव्जरभेटरी आयोजनाले गरेको खगोल बिज्ञान तथा अन्तराष्ट्रिय विज्ञान सम्बन्धी तीन दिने कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्तो बताउनु भएको हो ।

उहाँले आधुनिक ज्ञान प्रविधिको सम्बन्धमा बिद्यार्थीहरुलाई अभिरुची जगाउन यस्तो कार्यक्रमले सहयोग गर्ने बताउनुभयो । उहाँले यस्तो कार्यक्रमले राष्ट्रको बिकासमा पूर्वधार दक्ष जनशक्ति तयार गर्ने भन्दै समृद्धितर्फ अग्रसर गराउन बिज्ञानमा अभिरुची बढाउन आवश्यक रहेकोे बताउनुभयो ।

विज्ञान प्रविधि उत्पादनको शक्ति रहेको चर्चा गर्नुहुदँै उहाँले शिक्षा र विज्ञान प्रविधिलाई सँगसँगै अगाडी बढाउनुपर्ने बताउनुभयो ।

महोत्तरीको तीन दिनसम्म चल्ने कार्यक्रममा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सप्तरी र सिन्धुलीको गरी एक सय बीस विद्यार्थीहरुको सहभागिता रहेको जनता उच्च माध्यामिक बिद्यालयका विज्ञान संयोजक विनय कुमार साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button