तपाईँ सुन्दै हुनुहुन्छः

जेष्ठ १५ भित्र आयोजनाहरू सम्पन्न गरिसक्न मन्त्री बाँस्कोटाको निर्देशन

फाइल तस्बिर

काठमाडौँ । शहरी विकास मन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चालु आर्थिक वर्षमा सम्पन्न हुनुपर्ने आयोजनाहरू आगामी जेष्ठ १५ गते भित्र सम्पन्न गरिसक्न आयोजना प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागले आज काठमाडौँमा गरेको कार्यक्रममा मन्त्री बाँस्कोटाले आर्थिक वर्षको अन्त्यमा हतार–हतार आयोजना अगाडि बढाउँदा अनियमितताको सम्भावना बढ्ने र कामको गुणस्तर समेत खस्कने हुनाले जेष्ठ १५ अगाडी नै काम सक्नुपर्ने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले तराईका जिल्लाहरूमा सञ्चालित बिभिन्न आयोजनाहरूमा तत्काल आयोजना प्रमुख तथा आवश्यक कर्मचारी नियुक्ति गर्न समेत निर्देशन दिनुभयो ।

आाम नागरिक संग प्रत्यक्ष सरोकार राख्ने आयोजनाहरू निर्धारित समय भित्रै सम्पन्न हुनुपर्ने बताउनुहुँँदै मन्त्री बाँस्कोटाले बजेट निकासी लगायतका विषयमा निर्माण व्यवसायीहरूलाई सहज हुनेगरी काम गरिदिन र आयोजनामा कुनै समस्या आए तत्काल सरकारसँग समन्वय गर्न समेत निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button