तपाईँ सुन्दै हुनुहुन्छः

६ गतेको बैठकबाट सभामुख निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न काँग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको यही माघ ६ गते बस्ने बैठकबाट सभामुख निर्वाचनको प्रकृया प्रारम्भ गर्न माग गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलको आज सिहदरबारमा बसेको बैठकले विभिन्न वहानामा संसद अवरुद्ध नगर्न सत्तारुढ दललाई आग्रह गर्दै आफ्नो आन्तरिक विवादलाई केन्द्रीय विषय बनाएर गैरजिम्मेवार क्रियाकलाप बन्द गरी तत्काल प्रतिनिधि सभाको बैठकको सञ्चालन गर्न माग गरेको हो ।

बैठकले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई तत्काल संसदबाट अनुमोदन गर्न पनि सरकार समक्ष माग गरेको नेपाली काँग्रेसले जनाएको छ ।

यही माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारका पक्षमा मदतान गर्न अन्य राजनीतिक दलहरु र मतदाताहरुलाई आग्रह गर्ने पनि बैठकले निर्णय गरेको काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button