तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका छापाखानाले बालविवाहका निमन्त्रणा कार्ड नछाप्ने

सल्यान । सल्यानका छापाखानाहरुले २० वर्ष उमेर नपुगेकाहरुका विवाह निमन्त्रणा कार्ड नछाप्ने प्रतिवद्धता जनाएका छन् ।
जिल्लामा बाल विवाह न्युनिकरणको अभियान चलाएको प्रहरीसँग छापाखाना संचालकहरुले २० वर्ष उमेर नपुगेकाहरुकाहरुको विवाह कार्ड नछाप्ने प्रतिवद्धता जनाएका हुन् ।

जिल्लामा संचालन भएका सात वटा छापाखानाले शुक्रबार जिल्ला प्रहरी कार्यालय सल्यानमा पत्रकार सम्मेलन गरी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।

छापाखाना संचालकहरुले वालविवाह न्युनिकरणमा सहयोग गर्न जन्मदर्ता हेरेर मात्रै विवाहको निमन्त्रणा कार्ड छाप्ने बताएका छन् । प्रहरीले जिल्लामा वालविवाह न्युनिकरणमा छापाखानाहरुको पनि साथ र सहयोग आवश्यक रहेको भने पछि यस अभियानमा सहयोग गर्ने मनसायले अघि बढेको खलंगामा रहेको गीटा अफसेट प्रेसका संचालन प्रकाश थापाले बताउनुभयो ।

जिल्ला भित्र बाल विवाह न्युन गर्न सक्रिय रुपमा अभियान चालेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनुभयो । उहाँले छापाखाना, पण्डित, अभिभावक, वालवालिका सवैलाई सचेत गराएको र त्यसको नतिजा सकारात्मक हुने आशावादी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button