तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश सरकारद्वारा ४४ पर्यटकीय गन्तव्यहरुलाई १७ करोड ६० लाख रकम बिनियोजन

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका ११ जिल्लाका ४४ पर्यटकीय गन्तव्यहरुलाई यस बर्ष विकास गर्ने भएको छ । प्रदेश भित्रका ११ जिल्लामा चार–चार वटाका दरले ४४ पर्यटकीय गन्तव्य निमार्ण र विकास गर्ने भएको हो ।

प्रदेशका ११ जिल्लामा रहेको प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक–एक वटा पर्ने गरी पर्यटकीय गन्तव्य विकास गर्न लागेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिनुभयो ।

यसका लागि गण्डकी प्रदेशले प्रत्येक जिल्लावाट प्राकृतिक, ऐतीहासिक र धार्मिक हिसाबले महत्वपुर्ण मानिएकासँगै ओझेलमा परेका १० वटाका दरले एक सय १० प्रमुख पर्यटकीय गन्तव्यहरु छनौट गरिसकेको छ ।

तिनै एक सय १० वटाबाट एक जिल्लामा चारवटा पर्ने गरी ४४ स्थान छनौट गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको हो ।

४४ गन्तव्यको बिकासका लागि प्रतिस्थान ४० लाखका दरले प्रदेश सरकारले अनुदानसमेत दिने भएको छ । जसका लागि प्रदेश सरकाले १७ कारोड ६० लाख रकम बिनियोजन गरेको छ ।

पर्यटकीय गन्तव्य छनौटका लागि प्रत्येक जिल्लामा प्रदेशसभाका सदस्यहरुमध्ये जेष्ठ सदस्यको संयोजकत्वमा प्रदेशसभाका अन्य सदस्यहरु र जिल्ला समन्वय समितिका प्रमुख सदस्यसँगै जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहेको सिफारिश समिति रहने छ ।

यही समितिले जिल्लामा यस अघि छनौट भएका १० स्थानवाट चार स्थान चयन गर्ने छ । र यही चार स्थानलाई सिफरिस गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button