तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुर– काठमाडौँको हवाई सेवामा प्रतिस्पर्धा, विमान भाडा घट्यो

जनकपुरधाम । जनकपुरधाम– काठमाडौँको हवाई उड्डानमा प्रतिस्पर्धा हुन थालेको छ । पछिल्लो समय श्री एयरलायन्सले सेवा सुचारु गरेपछि अहिले भाडा एक हजार सात सयमा झरेको छ । ८० सीट क्षमताको श्रीएअर लायन्सले २० तारेखदेखि नियमित उड्डान गर्ने भएको छ ।

खास गरेर जनकपुर–काठमाडौँ, काठमाडौँ–जनकपुरको हवाई उड्डान सेवामा अहिले प्रतिस्पर्धा शुरु भएको छ ।

बुद्ध एयर, यति एयरले हवाई उड्डान गर्दै आएकोमा भाडा दुई हजार दुई सयदेखि तीन हजार चार सय भाडा लिने गरेमा अहिले आएर श्री एयरलायन्सले एक हजार सात सय भाडा तोकेको छ ।

भाडादर घटेसँगै विमानबाट यात्रा गर्ने यात्रुको संख्यामा बृद्धि हुने देखिएको छ । २० मिनटको दूरी मात्र रहेको जनकपुर–काठमाडौँको उड्डान विगतमा निक्कै महगो रहेको थियो । सानो टुईनेटर विमान आउँदा महगो भए पनि अहिले आएर ७२ सिट क्षमताको विमान आउन थालेपछि प्रतिस्पर्धा बढेर गएको छ ।

बुद्ध एयरलायन्सले भाडा घटाएको बेलामा श्री एयरलायन्सले बुद्ध एयरको भन्दा पनि कम भाडा दरमा सेवा दिएपछि आम यात्रुलाई लाभ पुग्ने भएको छ । भाडादर कम भएसँगै सामान्य व्यक्ति पनि अब हवाई यात्रा गर्न पाउने भएका छन् । अब सामान्य व्यक्तिको विमान चढ्ने आकांक्षा पनि पुरा हुने भएको छ ।

खास गरेर अर्थशास्त्र सिद्धान्त अनुसार खुल्ला बजारमा प्रतिस्पर्धा हुने र यसले उपभोक्तालाई फाईदा हुने मान्यता अनुसार नै विमानको भाडा दर अहिले घटेको छ । खुल्ला बजारमा यस्ता प्रकारको प्रतिस्पर्धा भईरहन्छ ।

एक दिनमा अब दुई सय व्यक्ति दैनिक रुपमा जनकपुर–काठमाडौँ र काठमाडौँ –जनकपुरको यात्रा गर्ने भएको छ । दैनिक रुपमा तीन वटा विमान सञ्चालन भएपछि जनकपुर बिमानस्थलको व्यवस्तता बढ्नुका साथै विमानस्थलको आम्दानीमा पनि बृद्धि हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button