तपाईँ सुन्दै हुनुहुन्छः

कला संस्कृती र पहिचान समृद्धिको आधार : मन्त्री पुन

फाइल तस्बिर

घोराही । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले नेपालीहरुको कला संस्कृती र पहिचान नै समृद्धिको आधार भएको बताउनुभएको छ ।

मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रिय समिति दाङले आज घोराहीमा आयोजना गरेको मगरात साँस्कृतीक भेषभुषा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताउनुभएको हो ।

नेपालीको कला, संस्कृति बहुजातीका रुपमा रहेको भन्दै पर्यटन बर्ष २०२०लाई सफल पार्न यस्ता बिषयलाई ध्यानमा राख्नुपर्ने बताउनुभएको थियो । बिभिन्न जातजातीको कला संस्कृती र अन्तर घुलनले नै नेपालीको बिचमा आत्मीयता बढाएको बताउनुभयो ।

बहुजातीको बहुकला संस्कृती नै देशको पहिचान भएको भन्दै उहाँले यसको संरक्षण र संबद्र्धन गर्न आवश्यक रहेकोमा समेत जोड दिनुभयो । नेपाली कला संस्कृतीलाई पर्यटनसँगै जोड्दै समाज र देशलाई समृद्ध बनाउनु पर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button