तपाईँ सुन्दै हुनुहुन्छः

सिम्रौनगढमा भ्रमण बर्ष २०२० मा ३ लाख पर्यटक भित्र्याउने तयारी

बीरगंज  ।  बारा जिल्लाको ऐतिहासिक सिम्रौनगढ क्षेत्रमा नेपाल भ्रमण बर्ष २०२० मा ३ लाख भन्दा बढी पर्यटक भित्रियाउने गुरु योजना तर्जुमा गरिएको छ ।

बाराको सिम्रौनगढ नगरपालिकामा सम्पन्न २ दिने कार्यशाला गोष्ठीमा ऐतिहासिक तथा पुरातात्वीक महत्वको सिम्रौनगढ क्षेत्रको संरक्षण, संवद्र्धन र विकासलाई एक साथ अगाडी बढाउदै पर्यटक भित्र्याईने कुरामा वक्ताहरुले जोड दिनुभयो ।

समापन कार्यक्रममा नगरप्रमुख विजय यादवले केन्द्र र प्रदेश सराकारले ऐतिहासिक सिम्रौनगढ क्षेत्रको समयमै विकास गर्न ध्यान नदिए प्राचीन तथा ऐतिहासिक क्षेत्र इतिहासमै सिमित रहने बताउनुभयो ।

उहाँले सिम्रौनगढ तरकारी र माछाका लागि पनि उत्तिकै उर्वर भुमि रहेको हुदा आर्थिक समृृद्धिका लागि तरकारी र माछाको पकेट क्षेत्र बनाउने सोच नगरपालिकाले लिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button