तपाईँ सुन्दै हुनुहुन्छः

रोकिएन विद्युत् चुहावट

तनहुँ-विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् चुहावटमा नियन्त्रण गर्न विशेष कार्ययोजना लागू गरेको छ । पछिल्लो समय जिल्लामा विद्युत् चुहावट बढ्दै गएपछि न्यूनीकरणको प्रयास थालेको वितरण केन्दले जनाएको छ ।

विद्युत् चुहावट हुने सम्भावित क्षेत्रको पहिचान गर्दै जनचेतनाका कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ । गत आर्थिक वर्षको तुलनामा आव ०७५÷०७६ मा ७.५३ प्रतिशत विद्युत् चुहावटमा कमी ल्याउनसमेत केन्द्र सफल भएको छ ।

केन्द्रका सहायक प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर कुँवरले विद्युत् चुहावटमा कम कार्ययोजना लागू गरेको जानकारी दिनुभयो ।

हुकिङ गरी विद्युत् चोरी गर्नेलाई निरुत्साहित गर्दै विद्युत् चुहावट हुने रुख, बिरुवा कटानी गर्ने कार्यलाई समेत प्राथमिकतामा राखेर हटाउन लागिएको छ । तनहुँमा कूल ३६ हजार २२३ ग्राहक सङ्ख्या रहेका छन् ।

कार्यालयले ३३ केभी लाइनबाट ३३.४९,११ केभी लाइनबाट ४६८.१ र एलटी लाइनबाट १२६१.६ विद्युत् परिमाण उत्पादन हँुदै आएको कार्यालयका इञ्जिनीयर रामबाबु चौधरीले जानकारी दिनुभयो । नेपाल विद्युत् प्राधिकरणको ३१५ र निजी ८२ थान ट्रान्सफर्मर जडान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button