तपाईँ सुन्दै हुनुहुन्छः

हुथी विद्रोहीको आक्रमणमा परी यमनमा ६० सैनिकको मृत्यु

एजेन्सी- हुथी विद्रोहीले यमनको मारीब सहर स्थित एक सैन्य तलिम केन्द्रमा गरेको आक्रमणमा परी कम्तिमा ६० सैनिकको मृत्यु भएको छ ।

यमनमा इरानको समर्थन पाएको हुथी विद्रोही र साउदी अरेबिया समर्थित सुन्नी सरकार बीच विगत ५ वर्ष देखी गृहयुद्ध जारी छ ।

शनिबार राती भएको उक्त आक्रमणमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरिएको, यमनको अल – यखबारिया पत्रिकाले जनाएको छ । हुथी विद्रोहीले भने आक्रमणबारे कुनै प्रतिक्रया दिएको छैन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button