तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकको बाह्रविसेमा कर्फ्यू

सिन्धुपाल्चोक । स्थानीय प्रशासनले सिन्धुपाल्चोकको बाह्रविसे बजारमा कर्फ्यू जारी गरेको छ ।

बाह्रविसे बजारमा सडक अतिक्रमण गरी बनाएको घरटहरा नगरपालिकाले भत्काउन सुरु गरेपछि उत्पन्न तनावलाई शान्त गर्न प्रशासनले आजबाट अर्का व्यवस्था नभएसम्म कर्फ्यू जारी गरेको हो ।

बजारको ३ सय मिटर पूर्व, पश्चिम तर्फको भोटेकोसी नदी, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणतर्फ पिस्कर र क्षेमादेवी चोकसम्म कर्फ्यू जारी गरेको प्रहरीले जनाएको छ । कर्फ्यू विहान आठ बजेदेखि बेलुकी ५ सम्मका लागि जारी रहने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button