तपाईँ सुन्दै हुनुहुन्छः

श्रीमतिको हत्याको आशंंकामा श्रीमान पक्राउ

मकवानपुर । मकवानपुर– हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीमा एकजना युवतीको मृत अवस्थामा सव फेला परेको छ । स्थानीय २० वर्षीय मिना अधिकारीको शव घर नजिकैको गहुँबारीमा फेला परेको हो ।

हेटौँडा–१८ जयतारस्थित पन्चकन्या बिद्यालय नजिक स्थानीय बासिन्दाले शव फेला पारेर प्रहरीलाई खबर गरेका हुन् ।
मिनाको हत्या गरेर सव फालिएको हुन् सक्ने स्थानीय बासीले बताएका छन् । मिनाको हत्या गरेको आशंकामा उनका श्रीमान एकराज अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशीलसिंह राठोरले जानकारी दिनुभएको छ ।

यस विषयमा थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ । मृतक महिलाको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button