तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा बैठक : दुई प्रतिवेदन पेश

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७५/७६ र विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले संघ प्रदेश र स्थानीय तह विधेयक २०७५ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभा समक्ष पेश गर्नुभयो ।

बैठकमा भौतिक पुर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले प्रस्तुत गर्नुभएको रेलवे विधेयक २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाईयोस् भन्ने प्रस्ताव र गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नुभएको अन्तरदेशिय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको पालेर्माे अभिसन्धिलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ ।

बैठकको विशेष समयमा सांसदहरुले समसममयिक विषयमा धारण राख्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो १ः०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button