तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा हिमपातको कारण यातायात सेवा अवरुद्ध

डडेल्धुरा । डडेल्धुराको भालुमारेमा आएको पहिरोका कारण राजमार्गमा सवारी आवागमन रोकिएको छ । अमरगढी नगरपालिका ७ को भालुमारेमा आईतबार बिहान ३ बजेतिर सडकमा पहिरोसँगै रुख ढलेपछि दशरथचन्द राजमार्गमा यातायात सेवा अवरुद्ध भएको हो ।

अवरुद्ध राजमार्ग खुलाउन अमरगढी नगरपालिकाको डोजर भालुमारेतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन ।

मोटरसाइकल, जिप, कार लगायतका साना सवारी साधन चलिरहेको भएपनि बस र ट्रक लगायतका ठूला सवारी साधन रोकिएका छन । लगातारको वर्षा र हिमपातपछिको पहिरोले ३ जिल्ला बैतडी, बझाङ र दार्चुलाबाट आउने तथा जाने सवारी सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button