तपाईँ सुन्दै हुनुहुन्छः

भ्रमण वर्ष सफल पार्न फागुन ८ गतेदेखि ‘डडेल्धुरा महोत्सव’

डडेल्धुरा । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न डडेल्धुरामा ‘सुदूरपश्चिम प्रदेश स्तरीय कषि, पर्यटन औद्योगिक व्यापार मेला एवं चौथो डडेल्धुरा महोत्सव’ हुने भएको छ ।

‘सुखी नेपाली समृद्ध नेपालः कृषि पर्यटन उद्योग र व्यापार, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ यहीँ फागुन ८ गतेदेखि १८ गतेसम्म आयोजना हुन लागेको हो ।

डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराको आयोजनामा भ्रमण वर्षलाई सफल पानुका साथै यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको हो ।

२०६५ सालमा पहिलोपटक महोत्सव लगाएको उद्योग वाणिज्य संघले यस वर्ष नेपाल भ्रमण वर्षलाई टेवा पुगाउने र विकासका सम्भावना पहिचान गर्ने उदेश्यसहित महोत्सव आयोजना गर्न लागेको संघका अध्यक्ष लोकराज भट्टले जानकारी दिएका छन ।

महोत्सवमा लघु उद्यम प्रदर्शनी, कृषि उत्पादन, गार्मेन्ट, जुत्ताचप्पल, वैकल्पिक उर्जा, गुणस्तरीय दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, उपकरण यान्त्रिकरण सूचना प्रविधि तथा इलेक्ट्रोनिक्स, शिक्षा स्वास्थ्य क्षेत्रका सेवाहरू, लोकदोहरी हाँस्यव्यंग्य, स्थानीय लोक देउडा तथा नृत्य र साँस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन, पर्यटक लक्षित संस्कृति भेषभूषा तथा ऐतिहासिक पुरातात्विक प्राकृतिक धार्मिक विभिन्न पर्यटकीय क्षेत्रको उजागर र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको बताईएको छ । महोत्सव सफल पार्नका लागि विभिन्न समितिहरू गठन गरिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button