तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

भक्तपुर। भक्तपुरको मध्यपुर थिमि नगरपालिका ३ कौशलटारमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर पुरानो ठिमी बस्ने ३५ वर्षीय सतेन्द्र लिम्बु रहेका छन् । लिम्बुको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अरनिको राजमार्ग अन्तर्गत कौशलटार चोकमा प्रदेश नम्बर–३–०२–००२ प ८०४० नम्बरको तीब्र गतिमा गुडिरहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बु गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार पुरानो ठिमी बस्ने झापा घर भएका ५३ वर्षीय बासुदेव खरेलको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button