तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग बन्द गरेर देशको विकास हुन्नः केन्द्रीय अध्यक्ष शेरचन

जनकपुरधाम । नेपाल क्रसर व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष उमेश शेरचनले क्रसर उद्योगमा नेपाली जनताको ८० अर्ब लगानी रहेकोले यस उद्योगलाई धरासायी बनाए देशनै पछाडी पर्नेे बताउनु भएको छ ।

अध्यक्ष शेरचनले क्रसर व्यवसायिहरुको प्रदेश नंं २ स्तरीय भेलाको आज जनकपुरधाममा सम्वोधन गर्दै क्रसर उद्योगहरुमा विभिन्न वैंक तथा वित्तिय संस्थाहरुले जनताकै रकम लगानी गरेकाले यसलाई बन्द गर्न खोज्नु प्रदेश तथा देशको लागि पनि हितकर नभएको र यसले विकासमा अवरोध सृजना गर्ने बताउनुभयो ।

उहाले कुनै एक वटा क्रसर उद्योगले गल्ति गर्यो भने सवै क्रसर उद्योगलाई बन्द गराउने काम गलत रहेको बताउदै प्रदेश सरकारले क्रसर उद्योग बन्द गराउने निर्णय फिर्ता नगरेको खण्डमा देशभरिका क्रसर उद्योगीहरु आन्दोलनमा उत्रने चेतावनी दिनु भयो ।

केन्द्रीय अध्यक्ष शेरचनले एउटा क्रसर उद्योगमा कम्तिमा पनि ५ करोड लगानी रहने गरेको र उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर १ सय जनालाई रोजगारी दिएको बताउनुभयो ।

उहाले बालुवा गिट्टीको समयमा उत्खनन् नभएको खण्डमा नदि तथा खोलामा बाढी आउदा भारतमा बगाएर लाने भएकाले उठाउनमा रोक लगाउनु देशको लागि हितकर नभएको प्रस्ट पार्नु भयो । बालुवा गिट्टीको उत्खनन् एवं व्यवस्थापन नभएको खण्डमा यसको अभाव भएर निर्माण व्यवसायि, ईटा उद्योग, सिमेन्ट उद्योगहरु धरासायी हुने बताउनुभयो ।

पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठले अहिले देश भरिमा ९ सयको संख्यामा क्रसर उद्योगहरु भएको बताउदै क्रसर सञ्चालन सम्बन्धि पुराना ऐनमा परिमार्जन गर्न जरुरी रहेको बताउनु भयो ।

उहाले विज्ञान र प्रविधिको विकास भएको र कामदारको व्यापक अभाव भएको वेलामा बालुवा तथा गिट्टी संकलनमा डोजर प्रयोग गर्नमा रोक लगानु ठीक नभएको बताउनु भयो ।

कार्यक्रममा आफूहरुको व्यवसाय बन्द गराउने कामकाजको विरुद्धमा संघर्ष गर्नका लागि संघर्ष समिति गठन गरेको छ । खास गरेर गत पुस २५ गते शुक्रवारका दिन धनुषाको मिथिला नगरपालिका वडा नंं ५ श्रीपुर घर भएका दिलीप भन्ने ओमप्रकाश महतोको हत्या भएपनि २ नं. प्रदेशका सवै क्रसर उद्योगहरु प्रहरीले बन्द गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button