तपाईँ सुन्दै हुनुहुन्छः

पाँच महिनामा निर्यात २७ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालको कुल वस्तु निर्यात २७ प्रतिशतले वृद्धि भई ४७ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.७ प्रतिशतले वृद्धि भएको थियो । चालु आर्थिक वर्षको पाँच महिनाको मुलुकको आर्थिक अवस्था सम्बन्धमा नेपाल राष्ट्र बैकले जारी गरेको प्रतिवेदनमा गन्तव्यका आधारमा भारततर्फ ४८.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६.२ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ३.२ प्रतिशतले घटेको जनाइएको छ ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), आयुर्वे्दिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार तथा रड लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७६र७७ को पाँच महिनामा कुल वस्तु आयात ४.२ प्रतिशतले घटेर.५८१ अर्ब २६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४.२ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.५ प्रतिशत र २ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १५.६ प्रतिशतले बढेको छ ।


मेसिनरी तथा पाटपुर्जा, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ ।

चालु आर्थिक वर्षको पाँच महिनासम्ममा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले घटेर .५३३ अर्ब ६४ करोड भएको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात ८.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.२ प्रतिशत रहेको थियो ।

२०७६ मंसिर महिनामा भन्सार तथ्याङ्कमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकाङ्क ०.२ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क २.९ प्रतिशतले घटेको छ । २०७५ मंसिर महिनामा वार्षिक बिन्दुगत आधारमा ४.४ प्रतिशतले घटेको व्यापारको शर्त (त्भचmक या त्चबमभ) २०७६ मंसिर महिनामा ३.२ प्रतिशतले बढेको छ ।

त्यस्तै, २०७६ मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, फलफुल र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्नि्सिब तथा घरायसी उपकरणहरु उपसमूहको मूल्य बढेकोछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button