तपाईँ सुन्दै हुनुहुन्छः

कृषि विकास बैंकले होमस्टे कर्जा प्रवाह गर्ने

काठमाडौं । सरकारी सवामित्वको कृषि विकास बैंकले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी होमस्टे प्रर्वद्धन गर्न सरल होमस्टे कर्जा प्रवाह गर्ने भएको छ ।

बैकले आइतवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी होमस्टे एशोशिएसन मार्फत प्रति होमस्टे २० लाखसम्म कर्जा प्रवाह गर्न सकिने बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्ययले जानकारी दिनु भयो ।

बैकले २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने तयारी गरेको र बैंकको नाफामा १७ प्रतिशतले वृद्धि भै पुस मसान्त सम्ममा २ अर्ब ३ करोड रुपैयाँ नाफा गरेको पनि प्रमुख कार्यकारी अधिकृत उपाध्यायले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button