तपाईँ सुन्दै हुनुहुन्छः

ए डिभिजन लिग फुटबलः आज ब्रिगेड र संकटा तथा आर्मी र च्यासल भिड्दै

काठमाडौं । सहिद स्मारक ए डिभिजिन लिग फुटबलमा आज (सोमबार) दुई खेल हुँदैछन् । पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब (बीबीसी) र संकटा क्लब भिड्दैछन् भने दोस्रो खेलमा आर्मी र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

ब्रिगेड र संकटा पहिलो खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यान्न १२ बजे भिड्नेछन् । दोस्रो खेलमा आर्मी र च्यासल दिउँसो ३ बजे दशरथ रंगशालामा खेल्नेछन् ।

लिगको ६ खेलमा संकटाले २ जित, २ बराबरी र २ हार सहित ८ अंक जोडेर तालिकाको आठौं स्थानमा छ । ब्रिगेड २ जित, ३ हार र १ बराबरी गर्दै ७ अंक जोडेर तालिकाको दशौं स्थानमा छ ।

संकटा सातौं चरणको खेलमा ब्रिगेडलाई पराजित गर्दै शीर्ष ६ मा रहने योजनामा छ ।

यता ब्रिगेड पनि महत्वपूर्ण तीन अंककै लागि मैदानमा उत्रिनेछ । राष्ट्रिय टिमका पुर्व कप्तान अनिल गुरुङको कप्तानीमा रहेको छ ।

पहिलो खेलमा मछिन्द्रसँग २–० ले पराजित उसले दोस्रो खेलमा फ्रेण्ड्सलाई हराएको थियो । तेस्रो खेलमा मनाङसँग १–० ले पराजित भएपनि चौथो खेलमा हिमालयन शेर्पा क्लबलाई हराउन सफल रह्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button