तपाईँ सुन्दै हुनुहुन्छः

संसद बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज(सोमबार) बस्दैछ । पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको संसद बैठक आजका लागि बोलाइएको हो ।

संसदको पाँचौं अधिवेशन सुरु भएको एक महिनापछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्न लागेको हो ।बैठक सुरु भएसँगै संसद सचिवालयले सभामुख चयनको प्रक्रिया सुरु गर्नेछ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै सभामुख चयनको प्रक्रिया सुरु हुने भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button