तपाईँ सुन्दै हुनुहुन्छः

उपसभामुख तुम्बाहाङफेद्वारा पदबाट राजीनामा

काठमाडौँ । उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्नु भएको छ ।
प्रतिनिधिसभाको आजको पहिलो बैठकलाई सम्बोधन गर्नुहुदै उहाँले जननिर्वाचित संस्थालाई लामो समयसम्म अन्यौलमा राख्न नहुने निष्कर्षका साथ आफूहरुले मार्ग प्रशस्त गरेको बताउनुभयो ।

उहाँले एउटा अप्रत्यासित र अस्वभाविक परिस्थितीका कारण सार्वभौम जननिर्वाचित संस्था लामो समयदेखि सभामुख विहिन हुँदा जटिलता पैदा भएकाले यस्तो स्थिती कायम रहिरहनु हुन्न भन्ने निष्कर्षकासाथ आफूले मार्ग प्रशस्त गरेको स्पष्ट पार्नुभयो ।

उहाँले यसअघि सदनलाई नेतृत्व विहिन राख्न उचित नहुने मान्यताका आधारमा सभामुख चयनको ठोस आधार सिर्जना भएपछि आफूले मार्ग प्रशस्त गर्ने भनेर आफूले राखेको मान्यता सदनमा अभिलिखित गराउन चाहेको बताउनुभयो ।

यसैबीच, राजीनामा पश्चात पत्रकार सम्मेलन गर्नुहुदै उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले संविधानले संसदलाई नेतृत्व विहिन रहने अवस्थाको कल्पना नगरेकाले निकास निस्कने वित्तिकै आफुले राजीनामा गरेको बताउनुभयो ।

उहाँले आफु दलको नभई संसदको उपसभामुख भएकाले संसदलाई नेतृत्व विहिन राख्न हुदैन भन्दै दलले पदबाट हट्नका लागि दिएको निर्देशन आफुले नमानेको पनि बताउनुभयो ।

प्रतिनिधि सभाको बैठक आजै ४ वजे बस्ने छ ।

चार बजे बस्ने बैठक राजपा नेपालका सांसद महन्थ ठाकुरले सञ्चलन गर्ने र उक्त बैठकले सभामुख चयनका लागि निर्वाचन प्रक्रिया अगाडी बढाउने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button