तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा बैठक : संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध बिधेयक पारित

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध बिधेयक २०७६लाई सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा प्रधानमन्त्री के. पी. शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नूभएको स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध बिधेयक २०७६ लाई बैठकले सर्बसम्मतिले पारित गरेको हो ।

यसअघि बिधेयकमाथीको छलफलमा भाग लिंदै सांसदहरुले स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध बिधेयक २०७६ ले तीन तहबीचको सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने बताउनुभयो ।

राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री के.पी.शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको नीति अनुसन्धान प्रतिष्ठान बिधेयक २०७६ लाई दफावार छलफलका लागि बिधायन व्यवस्थापन समितीमा पठाईयोस् भन्ने प्रस्ताव बैठकले सर्बसम्मतिले स्वीकृत गरेको छ ।

राष्ट्रिय सभाको अर्को बैठक माघ १४ गते दिनको १ः०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button