तपाईँ सुन्दै हुनुहुन्छः

सहनीको हत्यामा संलग्न भएको आरोपमा तीन जना पक्राउ

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ निवासी २५ वर्षिय सुरेन्द्र सहनीको हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

हत्यामा संलग्न भएको आरोपमा बीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर निवासी २२ वर्षिय अजय साह, रानीघाट निवासी २० वर्षिय कृष्ण कुमार गुप्ता र श्रीपुर निवासी २० वर्षीय राजन साह कानुलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

अभियुक्तहरुले चक्कु प्रहार गरी सहनीको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेपछि अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर हत्याका ेबारेमा थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक राठौर बताउनुभयोे ।

सहनीको गत पुस १९ गते हत्या गरिएको अवस्थामा बीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरस्थित बाँसघारीमा शव फेला परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button