तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा निर्वाचनः सरकारी निकायबाट फोटोसहित जारी परिचय–पत्रका आधारमा मतदान गर्न सकिने

काठमाडौँ । निर्वाचन आयोगले यही माघ ९ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गर्न जाँदा पछिल्लो पटक आयोगले जारी गरेको मतदाता परिचय–पत्र वा निर्वाचित भएको प्रमाण–पत्र लिएर जान मतदाताहरूलाई सूचित गरेको छ ।

आफू निर्वाचित भएको प्रमाण–पत्र र मतदाता परिचय–पत्र नभएमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचय पत्रको आधारमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई एकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन निर्देश गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा तर्फ पाँच सय ५० र स्थानीय तहमा एक हजार पाँच सय छ गरी दुई हजार ५६ मतदाता रहेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button