तपाईँ सुन्दै हुनुहुन्छः

बिश्रामपुर गाउँपालिकाका अध्यक्ष राउत रिहा

बारा । सवारी ज्यान मुद्दामा जेल चलान भएका बाराको बिश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत आज रिहा भएका छन् ।

तात्कालिन समयमै अदालतले दुई हजार र एक महिना जेल सजायको फैसला सुनाएको थियो । उनले दुई हजार जरिवाना तिरे पनि जेल सजाय भुक्तान गरेका थिएनन् ।

त्रिभूवन राजपथको वीरगञ्ज पथलैया सडकखण्डको छातापिपरा भन्ने स्थानमा राउत सवार ना ४ प ३७४५ नम्बरको मोटरसाईकलको ठक्करबाट पैदल यात्री हदियादेवी थरुनीको ज्यान गएको थियो ।

सोही मुद्दामा तत्कालिन अवस्थामा धरौटी बुझाई रिहा भएका हालका गाउँपालिकाका अध्यक्ष राउतको पुर्ण फैसला बमोजिम भुक्तान गर्नु पर्ने जेल सजाय भुक्तान नगरेको भन्दै बारा प्रहरीले पक्राउ गरी गत पुस ६ गते बीरगञ्ज कारागार चलान गरेको थियो ।

राउत स्थानीय तह निर्वाचनमा तात्कालिन फोरम लोकतान्त्रिक पार्टीबाट निर्वाचित जनप्रतिनिधि हुन् । जेल सजाय मुक्तान गर्न बाँकी रहेको भन्दै इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले गाँउपालिका अध्यक्ष राउतलाई उनको घरबाटै पक्राउ गरी अदालतको फैसला कार्यन्वयनका लागि करागार चलान गरेको थियो ।

कानुन अनुसार २९ दिनको जेल सजाय भुक्तान गरी उनी आज रिहा भएको बीरगञ्ज कारागार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button